बाक्लो हुस्सुका कारण मारुती कार खाल्डोमा

IMG-20240113-WA0134.jpg

जलपाईगुडी: बाक्लो हुस्सुका कारण मारुती कार खाल्डोमा खस्यो। यद्यपि त्यो खाल्डोमा पानी थिएन। घटना शनिबार बिहान जलपाईगुडी चेकपोष्ट नजिकैको क्षेत्रमा भएको हो। स्मरण रहोस् कि आज सिलगढीबाट एउटा मारुती कार जलपाईगुडी तर्फ आउँदै गर्दा अचानक खाडलमा खस्यो, यद्यपि कार कहाँबाट आइरहेको थियो भन्ने खुल्न सकेको छैन। यो समाचार लेख्दासम्म उक्त गाडीको मालिक वा अन्य को को हुन् भन्ने खुल्न सकेको छैन। तर, मदिरा सेवन गर्दा कार चालकले नियन्त्रण गुमाएको हुनसक्ने स्थानीयको अनुमान छ। यस दुर्घटनामा कुनै हताहतीको खबर आएको छैन। लगत्तै पुलिसले आएर क्रेनको सहायताले कारलाई उठाएको थियो। जलपाईगुडी कोतवाली पुलिस स्टेशनले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement