माघे मेला तयारीलाई लिएर मुख्यमन्त्री तामाङको अध्यक्षतामा बैठक सम्पन्न

PS-Tamang-CM-Sikkim

गान्तोक: जोरथाङमा सम्पन्न हुने माघे मेलाको तयारीलाई लिएर शुक्रबार मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा तेस्रो तयारी सभा सम्पन्न भयो। सभामा मन्त्री एमएन शेर्पा, जुम सालघारी निर्वाचन क्षेत्रकी विधायक सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङलगायत अन्यहरूको उपस्थिति रहेको थियो। सभामा जोरथाङ माघे मेला आयोजन समितिका मूलसचिव पवित्र मानवले हालसम्मको तयारीबारे विस्तृतरूपमा अवगत गराए। ‘हाम्रो संस्कार संस्कृतिलाई मध्य गरेर यो वर्षको मेला हाम्रो परम्परा, हाम्रो संस्कार अनि हाम्रो संस्कृति’ थीमसहित आयोजना हुन लागिरहेको बताए। आउँदो १५ जनवरीबाट शुरु हुने मेलाको प्रथम दिन मुख्यमन्त्री तामाङले उद्दघाटन गर्ने उनले थप अवगत गराए। प्रथम दिनको संस्कृति कार्यक्रम नौमती बाजाका साथमा शुरु हुने उनले बताए। पहिलो दिनको कार्यक्रममा जेत्सन डोना लामासहित भ्वाइस अफ नेपालका सिक्किमे प्रतियोगीहरुले आफ्नो प्रस्तुति दिने भएका छन्। दोस्रो दिन हाम्रो पारम्परिक बाजा मादलमाथि विस्तृत चर्चा साथै वक्तव्य रहने अनि उक्त दिन सिक्किमका विभिन्न नृत्य संस्थानका कलाकारहरुले आफ्नो प्रस्तुति दिने उनले बताए। यसका साथै अन्य दिनहरुमा नेपाली महिलाहरूले लगाउने विभिन्न गरगहना बारे शोधवक्ताहरुद्वारा वक्तव्य पेश गरिने जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement