सिक्किमका राज्यसभा सांसद निर्वाचित डीटी लेप्चा

Sikkim-1

गान्तोक: वरिष्ठ राजनीतिज्ञ, पूर्व मन्त्री तथा हाल विधायक रहेका डीटी लेप्चा सिक्किमको नयाँ राज्यसभा सांसद निर्वाचित भएका छन्। उनी निर्विरोध सांसद चुनिएका हुन्। शुक्रबार राज्यसभा चुनाउका रिटर्निङ अफिसर ललित कुमार गुरुङले भारतीय जनता पार्टीका उम्मेद्वार लेप्चालाई राज्यसभा सांसद चुनिएको प्रमाणपत्र प्रदान गरे। उल्लेखनीय छ, राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मर्चाले आफ्नो उम्मेद्वारिता नदिएपछि डीटी लेप्चा निर्विरोध राज्यसभा सांसद चुनिएका हुन्। सिक्किम प्रदेश भाजपाले चुनाउ अघि नै आफ्नो उम्मेद्वारलाई सत्तारुढ़ एसकेएमले समर्थन जनाएको दावी गरेको थियो। तर, एसकेएमबाट आधिकारिक रुपमा कुनै बयान आएन। यसैबीच ९ जनवरीको दिन डीटी लेप्चाले राज्य विधानसभा सचिवालय पुगेर आफ्नो नामङ्कन बुझाउँदा एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङ स्वंय उपस्थित रहनु, लेप्चालाई फूलगुच्छा दिनु अनि चुनावउमा पार्टीका उम्मेद्वार खड़ा नगर्नुले एसकेएमले भाजपा उम्मेद्वारलाई समर्थन दिएको पुष्टि हुन्छ। अर्कोतिर एकमात्र विधायक रहेको सिक्किम डेमोक्रेटिक फ्रण्टले पनि आफूलाई समर्थन जनाएको डीटी लेप्चाको भनाइ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *