लिङ्दोङमा उज्ज्वल भारत, उज्ज्वल भविष्य अन्तर्गत बिजुली महोत्सव पालन

गान्तोक: एनएचपीसी लिमिटेडले सिक्किम सरकारको विद्युत विभागको सहयोगमा मंगन जिल्ला अन्तर्गत लिङ्दोङ सरकारी माध्यमिक विद्यालयमा आज, २६ जुलाई, २०२२ को दिन उज्ज्वल भारत, उज्ज्वल भविष्य अन्तर्गत बिजुली महोत्सव पालन गऱ्यो। आजादीको अमृत महोत्सवको एक भागको रूपमा उज्ज्वल भारत उज्ज्वल भविष्य, विद्युत@२०४७ को यस कार्यक्रममा सिक्किम सरकारको राज्य महिला आयोगकी अध्यक्षा श्रीमती छुङ्किपु लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित थिइन्।
राज्य सरकार अनि केन्द्र सरकारले संयुक्त रूपमा उर्जा क्षेत्रमा हासिल गरेका विविध उपलब्धिहरूमाथि प्रकाश पार्ने उद्देश्यले आयोजित यस बिजुली महोत्सवमा यस सम्बन्धी लघु चलचित्रलगायतका प्रचार सामग्रीहरू प्रदर्शनी गरिएको थियो भने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम र नुक्कड़ नाटक पनि समावेश गरिएको थियो।
कार्यक्रममा श्री कर्मा डाडुल, एसई, विद्युत विभाग, सिक्किम सरकार, श्री जितेन्द्र कुमार, महाप्रबन्धक (विद्युत), एनएचपीसी, श्री महेन्द्र सिंह, उप-महाप्रबन्धक (विद्युत), एनएचपीसी सह कार्यक्रमका जिल्ला नोडल अधिकारी, लिङ्दोङका पञ्चायत श्री सोनाम दुप्देन लेप्चा, जङ्गुका महकुमा अधिकारी सोनाम रिन्चिन लेप्चा, जङ्गुका बीडीओ श्री एमके राई, मंगन जिल्लाका डीआईओ श्री विष्णु थापा, लिङ्दोङ माध्यमिक विद्यालयका प्राचार्य श्री सान्तेन लेप्चालगायत अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थितिमाझ स्थानीयवासीको बाक्लो सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement