तीन नगरपालिकाहरूको कार्यकाल बढाएको बारे लाडुप घिसिङ भने, ‘लोकतन्त्रको खिल्ली उडाउने काम’

IMG-20230528-WA0320-5-300x172-4

दार्जीलिङ: ‘बंगालले दिएको थाङनामा कति दिन सुत्ने’, हाम्रो पार्टीका केन्द्रीय प्रवक्ता लाडुप घिसिङको भनाइ यस्तो छl कालेबुङको पार्टी कार्यलयमा आज हाम्रो पार्टीको सभा सभालाई सम्बोधन गर्ने क्रममा लाडुप घिसिङले पहाडको सत्ताधारी दलतिर इशारा गर्दै सो कुरा भनेका हुन्। उनले भने, ‘कालेबुङ, खरसाङ र मिरिक नगरपालि बोर्डको कार्यकाल धेरै अघि समाप्त भएको हो, तर बंगाल सरकारले नियुक्ति गरिएको प्रशासकको कार्यकाल बढाउँदै लैजानु लोकतन्त्रको खिल्ली उडाउने कामl अनि यो कुरा कालेबुङ, खरसाङ र मिरिका बासिन्दाहरूले बुझ्नु पर्छl’ समय सीमा सकिएको औषधी जबरजस्ती खाए त्यसले नराम्रो असर पार्नसक्ने घिसिङले बताए। ‘गोर्खाल्याण्डको आन्दोलनहरूमा कालेबुङक धेरै गोर्खाल्याण्ड समर्थकहरूले प्राणको आहुति दिएका छन्l ती वीर शहीदहरूको त्याग र बलिदानलाई हामीले भूल्न हुँदैन’, लाडुप घिसिङले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *