पश्चिम बंगाल गार्मेन्ट म्यान्युफ्याक्चरर्स एण्ड डिलर्स एसोसिएसनद्वारा ५५औं गार्मेन्ट क्रेता तथा बिक्रेता मीट र बी२बी एक्सपो सम्पन्न

IMG-20240112-WA0180

कोलकाता: पश्चिम बंगाल गार्मेन्ट म्यान्युफ्याक्चरर्स एण्ड डिलर्स एसोसिएसनद्वारा ८ जनवरीदेखि १० जनवरीसम्म कोलकाताको इको पार्क फेयर ग्राउन्डमा आयोजित ५५औं गार्मेन्ट क्रेता र बिक्रेता सम्मेलनमा लगभग ९०० राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले भाग लिएका थिए। उक्त कार्यक्रममा भारत तथा विदेशबाट २१ सयभन्दा बढी दर्शकको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा बताएको छ। तीन दिनसम्म चलेको उक्त कार्यक्रममा ८५० करोड रुपियाँको बल्क डिलको कारोबार भएको थियो।

यस अवसरमा बोल्दै पश्चिम बंगाल गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड डिलर्स एसोसिएसनका अध्यक्ष हरिकिशन राठीले भने, ‘यस उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ५० लाखभन्दा बढी कर्मचारीहरू आवद्ध भइसकेका छन्। यस वर्ष आयोजना भएको एक्स्पोमा ९०० सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डको सहभागिता रहेको थियो। जसमा करिब ८५० करोड रुपियाँको कारोबार दर्ता भएको छ। एसोसिएसनले आयोजना गरेको यस्ता भेटघाट र एक्स्पोले बंगालमा तयार कपडा उद्योगको प्रवद्र्धनमा आफूलाई बारम्बार प्रमाणित गरेको छ। कपडा उद्योग र रेडिमेड गार्मेन्टको व्यापार र मार्केटिङ प्रवर्द्धन गर्न सरकारको प्रयासको हामी पूर्ण प्रशंसा गर्दछौंl’

यस कार्यक्रमलाई सफल बनाउन पश्चिम बंगाल गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड डिलर्स एसोसिएसनका तर्फबाट उपस्थित समितिका प्रमुख सदस्यहरूमा विजय करीवाला (वरिष्ठ उपाध्यक्ष), प्रदीप मुरारका (उपाध्यक्ष), देवेन्द्र बैद (माननीय सचिव), कन्हैयालाल लखोटिया (कोषाध्यक्ष), प्रेम कुमार सिंघल (संयुक्त कोषाध्यक्ष), अमरचन्द जैन, तरुण कुमार झझारिया, आशिष झंवर, मनिष राठी, कमलेश केडिया, मनिष अग्रवाल,श्री किशोर कुमार गुलगुलिया, विक्रम सिंह बैद, सौरभ चण्डक, साकेत खण्डेलवाल, अजय सुल्तानिया, राजीव केडिया, सन्दीप राजा, बृजमोहन मुन्धारा, भुवन अरोरा, मोहित दुगड (कार्यकारी समिति सदस्य) सहभागी थिएl  कार्यक्रमलाई सफल बनाउन पूर्व अध्यक्ष हरिप्रसाद शर्मा र चन्दमल लढाको सक्रियता रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *