बंगालले दिएको थाङ्नामा कति दिन सुत्छौं: लाडुप घिसिङ

दार्जीलिङ: बंगालले दिएको थाङ्नामा कति दिन सुत्ने भनी हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङले बताएका छन्। कालेबुङको पार्टी कार्यालयमा आज सम्पन्न हाम्रो पार्टीको सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङले पहाडको सत्ता दलतिर इशारा गर्दै बंगालले दिएको थाङ्नामा कति दिन सुत्छौि भन्दै ब्यंग्य कसेका छन्। उनले आफ्नो सम्भाषणमा भने, कालेबुङ, खरसाङ र मिरिक नगरपालिका बोर्डको कार्यकाल धेरै अघि नै समाप्त भईसकेको हो। तर बंगाल सरकारद्वारा नियुक्त गरिएको प्रशासकको कार्यकाल बढ़ाउँदै लोकतन्त्रको खिल्ली उढाउने काम गर्दैछ अनि यो कुरा कालेबुङ, खरसाङ र मिरिकको बासिन्दाहरूले बुझ्नुपर्छ। समय सीमा सकिएको औषधी जर्बजस्ती खाए त्यसले नराम्रो असर पार्न सक्छ।’
लाडुप घिसिङले अघि भने, ‘गोर्खाल्याण्डको आन्दोलनहरूमा कालेबुङको धेरै गोर्खाल्याण्ड समर्थकहरूले प्राणको आहुति दिएका छन्। ती वीर शहीदहरूको त्याग र बलिदानलाई हामीले भूल्न हुँदैन।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *