कालेबुङ: भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा उल्लेख गरेको विषय पूरा गर्दैन भने हामी विकल्प खोज्न बाध्य हुनेछौं भनी हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। कालेबुङको पार्टी कार्यालयमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। सभामा पार्टीको केन्द्रीय शीर्ष नेतृत्वहरू लगायत कालेबुङ आदि क्षेत्रको पार्टी कार्यकर्ता एंव समर्थकहरूको अपार उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले मणिपूर राज्यमा भाजपाको डब्बल इञ्जिनको सरकारले हिज मात्र कुकीहरूले जनजातिको दर्जा पाए भन्दै यसबारे रिभ्यु गरिने संकेत दिएको छ। जनजातिको दर्जा पाईसकेको कुकीहरूको जन जातिको विषयमाथि रिभ्युको कुरा गर्ने सरकारले गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा सामेल गर्छन् होला भन्दै उनले प्रश्न तेर्साए। अध्यक्ष एडवाडर्सले भने, दिल्ली जाने नेतृत्वहरूले भन्ने गर्छन् दिल्लीमा बस्नेहरूले गोर्खाहरूको मांग र समस्याहरूप्रति कुनै वास्ता राख्दैन्। भारत चलाउने नेतृत्वहरूलाई गोर्खाहरूको मांग र समस्याहरू कुनै वास्ता छैन।केन्द्रमा भाजपा गठबन्धन एनडीएको पूर्ण बहुमतको सरकार छ। गोरामुमो एनडीएको घटक दल हो तर गोरामुमोको केन्द्रीय अध्यक्षलाई केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेट्न तीन महिना पर्खिनु परयो। सन् १९८६ को गोर्खाल्याण्डको आन्दोलनमा केन्द्रीय तत्कालीन गृहमन्त्री बुट्टा सिंह पहाडको चिया बगानहरूमा घूम्ने गर्थे तर वर्तमान केन्द्रीय गृहमन्त्रीसंग भेट गर्न तीन महिना पर्खिनुपर्छ। यो कस्तो विडम्बना?’
उनले अघि भने, ‘भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा उलेख गरेको तीनवटा विषयहरूमध्ये एउटै पनि पूरा गरेको खण्डमा हामी भाजपालाई २०२४ को लोकसभा चुनावमा पनि आँखा चिम्लेर समर्थन गर्नेछौं। यसको निम्ति हामीलाई तपाईको पार्टी फण्ड पनि चाहिन्दैन। हामी हाम्रो बल बुतामा प्रचार प्रसार गरेर भाजपालाई बिजय तुल्याउनेछौं। हामीले भारतीय जनता पार्टीलाई १५ वर्ष दिईसकेका छौं। अब पनि भाजपाले गोर्खाहरूसँग गरेेको वाचा पूरा गर्दैन भने हामी विकल्प खोज्न बाध्य बन्नेछौं।’
उनले अझ भने, ‘गोर्खालाई माया गर्नेहरू छैन। अब हामीलाई गोर्खालाई माया गर्नेहरू खोज्न पर्छ। १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा तत्कालीन प्रधानमन्त्री राजीव गाँधी सुवास घिसिङको साथ खडा नभई दिएको भए। सुवास घिसिङ हुने थिएन। विमल दाजुलाई जस्तै खेद्ने थियो तर प्रधानमन्त्री गोर्खाहरूको पक्षमा खडा भई दिन्दा बंगाल सरकारले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्न बाध्य भएको थियो। आज हाम्रो पक्षमा खडा भई दिने खै? गोर्खाहरूको अघि चट्टान भएर खडा भईदिने वाचा गर्ने आज खै? गोर्खा समुदायको एक एक जात गोष्ठीको नामहरू उच्चारण गर्ने खै? ‘गोर्खाको सपना मेरो सपना’ भन्ने आज खै?’ भन्दै अध्यक्ष एडवाडर्सले प्रश्नमाथि प्रश्न तेर्साए।