ईडी छापामारीमा केन्द्रिय बलका जवानहरूले लगातार रूट मार्च गरिरहे

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताःराज्यको अग्निशमन मन्त्री सुजीत बोसको घरमा नगरपालिका नियुक्ति भ्रष्टाचार मामिलामा ईडीले छापा मारेको छ। यसअघि उत्तर २४ परगनाको संदेशखालीमा तृणमूल नेता शेख शाहजहाँको घऱमा छापामारीको समय ईडी अधिकारीहरूमाथि हमला भएको थियो। यसबाट सिक्दै केन्द्रिय बलहरूका जवानहरूले आज शुक्रवार छापामारीमा अतिरिक्त सतर्कता अपनाएका छन्।

मन्त्री सुजीत बोसको घर बाहिर कसैलाई पनि अनावश्यक रूपमा खड़ा देखेपछि केन्द्रिय बलका जवानहरूले उनीहरूलाई आफ्नो घर जानु भऩिरहेका छन्। जवानहरूले हातमा लौरो र काँधमा बन्दूक लिएर घुमिरहेका छन्। क्षेत्रमा मानिसहरूलाई जमा हुने अनुमति छैन। कतै थोरै पनि भीड़ देखियो भने जवानहरू त्यहाँ पुगिरहेका छन्। जवानहरूले बिहानैदेखि क्षेत्रमा लगातार पेट्रोलिङ गरिरहेका छऩ्। यस्तो छवि राज्यमा विधानसभा वा पञ्चायत चुनाउमा देख्न पाइन्छ।

ईडी शुक्रवार बिहानै लेक टाउनको श्रीभूमि क्षेत्रमा सुजीतको घर पुग्यो। उनको एउटै क्षेत्रमा दुई वटा घर छ। नगरपालिका ”भ्रष्टाचार” मामिलाको जाँचको निम्ति ती दुवै घरहरूको तलाशी लिइँदैछ। सूत्रहरू अनुसार, केही दस्तावेजहरू अधिकारीहरूको हात परेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement