कोलकाताः प्रवर्तन निदेशालय (ईडी)ले शुक्रवार नगर पालिकाहरूको नौकरी मामिलामा करोड़ौं रूपियाँको कथित घोटालामा पक्रा परेका मिडलम्यानहरूको निजी डायरीमा उल्लेखित शब्दहरूको आधारमा पश्चिम बंगालका मन्त्री सुजीत बोस, तृणमूल कांग्रेसका विधायक तापस राय र सत्तारूढ़ पार्टीका एक पार्षदको परिसरहरूमा शुक्रवार रेड गऱ्यो।
सूत्रहरू अनुसार, पहिलो पल्ट महत्वपूर्ण साक्ष्य तब हाल लाग्यो जब ईडी अधिकारीहरूले स्कूलमा नौकरीको निम्ति करोड़ौं रूपियाँको मामिलामा गत साल पक्रा परेका मिडलम्यान अयान सिलको आवासमा रेड गरेका थिए। साक्ष्यहरू आयन सिलको निजी डायरी पनि सामेल थियो, यसमा केही नम्बरहरू सामू धेरै शुरूआती र कोड शब्द अंकित थियो, जसबारे जाँच एजेन्सीको भनाई छ कि यो कमीशनको रूपमा भुकतान गरिएको कथित घोटालाको आयको हिस्सा थियो।
दुई विशिष्ट कोड नामहरू-एसबी र तापस दा- ले ईडी अधिकारीहरूको ध्यान आकर्षित गऱ्यो, यसले गर्दा शुक्रवार छापा मारियो। डायरीमा अन्य केही विवरण प पनि थियो, जसमा यी नगरपालिकाहरूमा कुन श्रेणीको नौकरीहरूका लागि कति राशि तय गरिएको थियो, यो पनि सामेल थियो, जसमध्ये अधिकांश उत्तर २४ परगना जिल्लामा थिए। ईडीले हालमा यी नगर पालिकाहरूमा कम्तीमा दुई हजार यस्ता भर्ती अनियमितताहरूको मामिलाको विवरण संकलित गर्ने प्रक्रिया पूरा गरेको थियो र यस्तो संकलनको आधारमा केन्द्रिय एजेन्सीका अधिकारी अनुमानित वित्तीय भागीदारीको एक मोटो गणना गर्नमापनि सक्षम थिए। ईडीका निष्कर्षहरू अनुसार, अहिलेसम्म नगर पालिकाहरूको भर्ती अनियमितताहरू मुख्य रूपम चालक, क्लर्क, लोअर ग्रेडको कम्प्यूटर अपरेटर र बेस-वर्कर जस्ता लोअर ऱ्याङ्कको पदहरूका लागि थियो।
-हिस