कोलकाताः पश्चिम बंगाल पुलिसले पुरूलिया जिल्लाबाट माओवादी नेता सव्यसाची गोस्वामी उपनाम किशोरलाई पक्राउ गरेको छ। यी माओवादी नेतामाथि दश लाख रुपियाँको इनाम घोषणा गरिएको थियो।
एकजना वरिष्ठ पुलिस अधिकारीले शुक्रवार सो जानकारी गराउँदै भने, गोस्वामीलाई झारखण्ड सीमा नजिक जंगलबाट गए बिहीवार राती पक्राउ गरिएको थियो। उनले भने, ‘हामीसित झारखण्ड सीमा नजिकका जंगलहरूमा उसको आवागामन भइरहेको सूचना थियो। उक्त सूचनाको आधारमा हामीले छापा माऱ्यौं। अन्ततः हामीले उसलाई चौवनिया नजिकको जंगलबाट पक्राउ गऱ्यौं।’
अधिकारी अनुसार इनामी माओवादी गोस्वामीबाट पेस्तोल, कारतूस सहित केही कागजपत्र जफत गरिएको छ। राष्ट्रिय अन्वेषण अभिकरण (एनआईए)- को मोस्ट वान्टेडहरूको सूचीमा सामेल गोस्वामीमाथि दश लाख रुपियाँको इनाम घोषणा गरिएको थियो।
-हिस