ईडी अधिकारीहरूमाथि हमलालाई लिएर पुलिसको कारबाहीप्रति राज्यपाल असन्तुष्ट

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालको राज्यपाल सीवी आनन्द बोसले शुक्रवार उत्तर २४ परगनाको सन्देशखालीमा छापामारी अवधि ईडी अधिकारीहरूमाथि भएको हमलामा पुलिसको कारबाहीप्रति असन्तोष व्यक्त गरेका छन्। आरोपित तृणमूल कांग्रेस नेता शाहजहॉं शेखको पक्राउमा विलम्बलाई लिएर राज्य सरकारका वरिष्ठ अधिकारीहरूद्वारा दिइएको स्पष्टीकरणको बारेमा उनले रिपोर्ट हेरेपछि कुरा राख्ने बताएका छन्।

बोस, वरिष्ठ अधिकारीहरूसॅंग भएको उनको भेटको बारेमा धेरै खुलासा गर्न चाहॅंदैन थिए, किनकि जॉंच अझै पनि चलिरहेको छ। बोसले संवाददाताहरूलाई भने, ईडीको उत्पीडनको पृष्ठभूमिमा उनीहरूले मलाई केही महत्वपूर्ण जानकारी दिएका छन्, जसलाई म गोप्य राख्न चाहन्छु, किनकि जॉंच अझै पनि चलिरहेको छ।

मुख्य सचिव बीपी गोपालिका, गृह सचिव नन्दिनी चक्रवर्ती र पुलिस महानिदेशक राजीव कुमारले राजभवनमा बिहिवार सॉंझ बोससॅंग भेट गरे अनि राज्यपाललाई सन्देशखालीमा भएको घटनाको जॉंचको बारेमा जानकारी दिए।

राजभवन सूत्रहरू अनुसार, बैठक लगभग एक घण्टासम्म चल्यो। एक शेखको पक्राउलाई लिएर अधिकारीहरूले के भन भनी सोधिएको प्रश्नको जवाफमा राज्यपालले भने, मेरो बयान रेकर्डमा छ र यस कार्यमा किन ढिलाई भयो भन्ने कारण मलाई बताएको छन्। म विश्वस्त छु र यससित सम्बन्धित विवरण साझा गर्न चाहॅंदिन, किनकि जॉंच अझै पनि चलिरहेको छ।

-हिस

About Author

Advertisement