अग्निशमन मन्त्री सुजीत बोसको दुई ठेगानामा ईडीको छापामारी

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः नगरपालिका भर्ती भ्रष्टाचार मामिलाको जॉंचको क्रममा ईडीले बंगालको अग्निशमन मन्त्री सुजीत बोसको दुई ठेगानामा छापा मारेको छ। केन्द्रिय जॉंच एजेन्सीका अधिकारीहरूले बिहान लगभग सात बजी लेकटाउनमा मन्त्रीको दुई घरमा छापा माऱ्यो। पछि, पुलिस पनि सुजीतको घर पुग्यो।

यस अतिरिक्त, ईडीले शुक्रवार बिहान नगरपालिकामा भर्ती भ्रष्टाचार मामिलामा दुई अन्य स्थानहरूमा पनि छापा मारिरहेको छ। केन्द्रिय जॉंच एजेन्सीले तृणमूल विधायक तापय राय र उत्तरी दमदम नगरपालिकाको वार्ड नम्बर १९ को तृणमूल पार्षद सुबोध चक्रवर्तीको घरमा छापा माऱ्यो। ईडीले उनको बाउबजारस्थित घरमा पनि छापा माऱ्यो।

सुबोध उत्तरी दमदम नगरपालिकाको वार्ड नम्बर १९ का पार्षद हुन्। यस अघि सुबोध उत्तरी दमदम नगरपालिकाका अध्यक्ष पनि थिए। ईडी अधिकारीहरूको एक टीम शुक्रवार बिहान विराटीको खलिसाकोटा गाउॅंस्थित उनको घर पुगेको थियो। सुबोधको घर छेउछाउ केन्द्रिय बल तैनात छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement