नगरपालिका नियुक्ति मामिला: मन्त्री, विधायक सहित तीनजना टीएमसी नेताहरूको ठेगानामा ईडीको छापा

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः नगरपालिका भर्ती भ्रष्टाचार मामिलाको जाँचको सिलसिलामा ईडीले शुक्रवार सत्तारूढ़ तृणमूल कंग्रेसका तीनजना नेताहरूको घरमा छापामारीको कारबाही गरेको छ। यी नेताहरूमा राज्यका अग्निशमनमन्त्री सुजित बसु, बड़ानगर (उत्तर)- का विधायक तापस राय एवं उत्तर दमदम नगरपालिकाका पार्षद तथा पूर्व नपा अध्यक्ष सुबोध चक्रवर्ती सामेल छन्। ईडीको टीमले अग्निशमनमन्त्री सुजित बोसका दुईवटा ठेगानामा छापा मारेको छ। केन्द्रिय जाँच एजेन्सीका अधिकारीहरूले बिहान लगभग सात बजे लेकटाउनस्थित मन्त्रीका दुईवटा घरमा कारबाही गरे। केन्द्रिय बलहरूले सम्पूर्ण परिसरलाई बाहिरबाट घेरेर राखेका थिए। पुलिस पनि सुजितको घर नजिक पुगेको थियो।

यस अतिरिक्त ईडीले शुक्रवार बिहान नगरपालिका भर्ती भ्रष्टाचार मामिलामा अन्य दुईवटा स्थानमा पनि छापा माऱ्यो। ईडीले तृणमूल विधायक अनि विधानसभामा पार्टीका उपसचेतक तापस राय अनि उत्तर दमदम नगरपालिकाको वार्ड नम्बर १९-का तृणमूल पार्षद सुबोध चक्रवर्तीको घरमा पनि छापा माऱ्यो। तापस बराहनगरबाट तृणमूल विधायक हुन्। ईडीले उनको बउ बजारस्थित घरमा पनि कारबाही गऱ्यो। सुबोध उत्तर दमदम नगरपालिकाको वार्ड नम्बर १९- का पार्षद हुन्। यसपूर्व सुबोध उत्तरी दमदम नगरपालिकाका चेयरम्यान पनि थिए। ईडी अधिकारीहरूको एक दल शुक्रवार बिहान लगभग ७:३० बजे बिराटीको खलिसाकोटा गाउँस्थित उनको घरमा पुग्यो।

उल्लेखनीय छ, सुजितलाई यसपूर्व पालिका भर्ती भ्रष्टाचारको आरोपको जाँचको सिलसिलामा अर्को केन्द्रिय जाँच एजेन्सी सीबीआईद्वारा बोलाइएको थियो। गत वर्षको ३१ अगस्तमा सीबीआई अधिकारीहरूले उनलाई बोलाएका थिए। सूत्र अनुसार सार्वजनिक रोजगारमा भएको भ्रष्टाचारको जाँच अवधि कतिपय ठाउँबाट केही कागजपत्रहरू भेटिएको छ। जाँच एजेन्सी मुताविक त्यै कागजपत्रहरूको आधारमा ईडीले सुजितको घरमा छापामारी कारबाही गरिएको हो। विगत वर्ष २०१६- मा सुजित दक्षिण दम दम नगरपालिकाके उपप्रमुख थिए।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *