कस्मेटिकको आडमा नशालु पदार्थको व्यापार गर्ने पक्राउ

IMG-20230528-WA0320-5-300x172-4

सिलगढीः भक्तिनगर थानाको पुलिसले सिलगढीको हैदरपारा क्षेत्रमा एउटा घरमा बिहिवार राति छापा मारेर लगभग ६० लाख रूपियॉं मूल्यको प्रतिबन्धित कफ सिरप र औषधिहरूसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम शान्तनु मजूमदार हो। पुलिस सूत्रहरू अनुसार, गुप्त सूचनाध्को आधारमा गए राति भक्तिनगर थानाको पुलिसले शान्तनु मजूमदारको घरमा छापा माऱ्यो। घण्टौंसम्म चलेको खोजीपछि पुलिस टीमले घरमुनि गोदामबाट सयौं कार्टून कफ सिरप र अवैध औषधि फेला पाऱ्यो।

यसपछि घरका मालिक एवं कस्मेटिक व्यापारी शान्तनु मजूमदारलाई पक्राउ गरियो। हैदरपारा निवासी शान्तनु मजूमदारले लामो समयदेखि कस्मेटिक व्यापारको आडमा प्रतिबन्धित कफ सिरप र औषधि बिक्री गरिरहेको आरोप छ। जफत गरिएका कफ सिरप र औषधिहरूको अनुमानित बजार मूल्य लगभग ६० लाख रूपियॉं बताइएको छ। भक्तिनगर थाना पुलिस अगाडिको कानुनी कारबाहीमा जुटेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement