सिलगढ़ीः माटीगढ़ाको चान्दनी क्षेत्रबाट एक अज्ञात युवकको शव भेटिएको छ। शुक्रवार बिहान क्षेत्रको एउटा पोखरीबाट ३० वर्षीय युवकको शव भेटियो। सूचना पाएर माटीगढ़ा थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो।
खबर लेखिञ्जेलसम्म युवकको पहिचान हुन सकेको थिएन। यद्यपि, स्थानीय मानिसहरूको भनाई छ, युवकलाई पहिलेपनि नशाको स्थितिमा क्षेत्रमा देखिएको थियो। यद्यपि, युवक नशामा पोखरीमा झरेर मऱ्यो वा कसैले उसको हत्या गऱ्यो, यो स्पष्ट छैन। माटीगढ़ा थाना पुलिस मामिलाको जाँचमा जुटेको छ।
-हिस