ब्यारिस्टर अरिबहादुर गुरूङको पचास फिटे सालिग निर्माणार्थ कोष संकलनको लागि सांगीतिक कार्यक्रम हुने

IMG-20240112-WA0213.jpg

सिलगढी: ब्यारिस्टर अरिबहादुर गुरूङको पचास फिटे सालिग निर्माणार्थ कोष बटुल्न सिलगढीको सालुगढामा १३ जनवरी साँझ ४ बजे सङ्गीतमय साँझको आयोजन गरिएको छ। ब्यारिस्टर अरिबहादुर गुरूङ फाउन्डेशनको तत्वावधानमा आयोजित कार्यक्रममा चर्चित गायक पुष्पण प्रधान, जेत्सन डोमा, जुनु गौतम अनि अरू कलाकारहरूले गीत प्रस्तुत गर्ने छन्। यसरी नै चर्चित नृत्यकारहरूले रमाइला प्रस्तुति दिनेछन्। यति मात्र नभई चर्चित हाँस्य कलाकार महेन्द्र बागदासले मनोरञ्जन दिनेछन्। स्मरण गराइन्छ -ब्यारिस्टर अरिबहादुर गुरूङ फाउन्डेशनको मुख्य समितिमा अध्यक्ष अमित गुरूङ, उपाध्यक्ष भीमप्रसाद कोइराला, महासचिव कबीन्द्र शर्मा, संयुक्त सचिव बिक्रम राई, कोषाध्यक्ष डा. भोजराज गुरूङ, कानूनी सल्लाहकार रिकाश घले रहेका छन्। यही समितिको पहलमा खरसाङको सिटोङमा ब्यारिस्टर अरिबहादुर गुरूङको पचास फिटे सालिग स्थापित गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement