सेतो झण्डाले गोर्खाहरूमाथि अन्याय हुन दिने छैन: श्याम गौतम

IMG-20240112-WA0298.jpg

कालेबुङ: हाम्रो पार्टीको सेतो झण्डाले अब गोर्खाहरूमाथि अन्याय हुन दिने छैन भनी हाम्रो पार्टी केन्द्रीय प्रवक्ता एंव कालेबुङ जिल्ला समितिको प्रमुख सल्लाहकार श्याम गौतमले बताएका छन्।आज कालेबुङको पार्टी कार्यालयमा हाम्रो पार्टीको सभालाई सम्बोधन गर्ने क्रममा पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतमले जब जब चुनाव आउँछ तब तब गोर्खाहरूलाई विभिन्न प्रकारको प्रलोभन देखाउँदै गोर्खाहरूको भोट हत्याउने काम गर्छ। यस पटक पनि त्यस्तै नाटकहरू देखा पर्दैछ भने। गत २०१९- को लोकसभा चुनावमा गोर्खाहरूलाई पीपीएस आदि जस्ता विषयहरूको संकल्प पत्रमा उलेख गरेर गोर्खाहरूको भोट हत्याउने काम गरेको थियो तर पाँच वर्षको कार्यकाल पूरा हुनलाग्दा पनि भाजपाले आफ्नो संकल्प पत्रमा उल्लेख गरेको विषयहरु पूरा गरेको छैन तर फेरि विगतकै जस्तै फोटो सेसन र प्रलोभन देखाउँने काम हुँदैछ श्याम गौतमले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement