सरकारले ११ जातिलाई जनजातिको मान्यता नदिनै नै छैटौं अनुसूचि लागु गर्छन् भने हामी यसको विरोध गर्नेछौं: बिमल गुरुङ

IMG-20240112-WA0296.jpg

दार्जीलिङ: गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष विमल गुरुङले बिपी बजगाईंलेले दिएको टिप्पणीप्रति आज प्रतिक्रिया दिएका छन्। आगामी लोकसभा चुनावमा भूमि पुत्र उम्मेदवारको सन्दर्भमा आफू पनि भूमि पुत्र भएको बताए। उनले पहाड, तराई र डुवर्सको विकासका लागि काम गर्ने हो भने सबैजना सँगै बसेर छलफल गरेर ठोस नीति बनाउनुपर्छ भन्दै २०२४ को चुनावसँग सम्बन्धित राजनीति नगर्दा राम्रो हुन्छ कारण चुनाव हुन्छ तर विकास अर्कै कुरा हो भनी बताएका छन्। गोजमुमो अध्यक्ष बिमल गुरुङले आज पत्रकारहरूसित कुराकानी गर्दै पहाडका हरेक राजनीतिक दलका आ–आफ्ना एजेण्डा छन्, हाम्रो पार्टीले अहिले केही निर्णय गरेको छैन। छिट्टै बैठक बस्छौँ र बैठकमा जे निर्णय हुन्छ सबैलाई जानकारी गराउनेछौं भनी बताए।उनले भारत सरकारले ११ वटा समुदायलाई अनुसूचित जनजातिको दर्जा दिनु पर्ने कुरामा जोड दिएका छन्। गुरुङले यदि सरकारले ११ समुदायलाई जनजातिको मान्यता दिएपछि छैटौं अनुसूची लागु गरे ठीकै छ तर यदि सरकारले ११ जातिलाई जनजातिको मान्यता नदिनै नै छैटौं अनुसूचि लागु गर्छन् भने हामी यसको विरुद्धमा आन्दोलन गर्नेछौं भनी बताए। उनले भने, हामीले छैटौं अनुसूचीको विरोध गरेको होइन। जानजातिको मान्यता पाएपछि लागु गर्दा हुन्छ तर यदि जनजातिको मान्यता नपाई यो लागु गराउँछ भने विरोध गर्नेछौं भनी बताए। एकैपटक सबै समुदायलाई जनजातिको दर्जा दिएमा राम्रो हुने उनले बताए।

About Author

Advertisement