कोचबिहारः स्वामी विवेकानन्दको १६२औँ जन्मजयन्तीको अवसरमा कोचबिहार प्रेस क्लबद्वारा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। चित्रकला प्रतियोगितामा करिब ३ सय प्रतियोगीले भाग लिएका थिए । यो चित्रकला प्रतियोगिता नर्सरीदेखि कक्षा ९ सम्म तीन विधामा सञ्चालन भएको थियो । सबै प्रतियोगीहरूलाई कोचबिहार प्रेस क्लबले प्रमाणपत्र र पदकले सम्मान गरेको थियो।
यसका साथै तीन विधामा प्रथम, द्वितीय, तृतीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा कोचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोष, उत्तर बंगाल राज्य यातायात निगमका अध्यक्ष पार्थ प्रतिमा र अन्य प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।