जलपाइगढीः भाजपा युवा मोर्चाको तर्फबाट स्वामी विवेकानन्दको जन्मजयन्तीलाई विकास भारतको रूपमा देशभर मनाइँदैछ। सो अवसरमा शुक्रबार भाजपा मैनागुरी युवा मोर्चाले बाइक र्यालीको आयोजना गरेको थियो । भाजपा पार्टी कार्यालयमा स्वामी विवेकानन्दको तस्बिरमा माल्यार्पण गरेर र्याली सुरु भएको थियो । यस कार्यक्रममा भाजपाका पदाधिकारीहरूसँगै युवा मोर्चाका पदाधिकारीहरू पनि उपस्थित थिए। भाजपा युवा मोर्चाका जलपाइगढी जिल्ला अध्यक्ष पाउलन घोषले भने, “आज भारतभर विकास भारत कार्यक्रम चलिरहेको छ। स्वामी विवेकानन्दको जन्मदिनको अवसरमा हामीले मैनागढीमा युवा मोर्चाको तर्फबाट बाइक र्याली कार्यक्रम आयोजना गरेका छौं।”