राम मूर्तिको प्राण प्रतिष्ठाकाे दिन मिरिकमा उत्सव पालन गरिने

IMG-20240112-WA0212.jpg

मिरिक: आगामी २२ जनवरीमा श्रीराम जन्म भूमिमा निर्माण भइरहेकाे नयाँ मन्दिरकाे भुँईतलाकाे गर्भगृहमा भगवान श्री रामकाे बालस्वरूपकाे नयाँ मुर्ति प्राण प्रतिष्ठा गरिने भएकाे छ। साेही दिन मिरिक सहमेन्दु देवीस्थानमा पनि उत्सव मनाइने देवीस्थान सञ्चालन समितिका जीवन छेत्रीले बताएका छन्। उनले प्राण प्रतिष्ठाकाे दिन अयोध्यामा अभूतपूर्व आनन्दको वातावतण रहनेछ। यहाँ पनि प्राण-प्रतिष्ठाकाे दिन आफ्नो गाउँ बस्तीमा रहेको कुनै पनि मन्दिरमा राम भक्तहरूलाई भेला गरी भजन कीर्तन गरिदिने अनुराेध गरेका छन्। उनले आफ्नो क्षेत्रकाे मन्दिरमा रहेका देवी देवताहरूको भजन कीर्तन, आरती पूजा उक्त दिन सबैलाई गरिदिने अनुराेध गर्दै प्राण-प्रतिष्ठाको दिन साँझ सूर्यास्तपछि देवताहरूलाई प्रसन्न पार्न आफ्नो घरको अगाड़ि पाँचवटा दियाे प्रज्जवलन गरिदिने अनुराेध पनि गरेका छन्। उनले सहमेन्दु देवीस्थानमा आयाेध्यामा पूजित कलश पनि अघिबाट आइसकेकाे जसकाे दर्शन धेरैले गरिसकेकाे जानकारी गराउँदै यहाँबाट अचेछा साथै झण्डा पनि वितरण भइरहेकाे बताए। प्राण प्रतिष्ठाकाे दिन उत्सव कसरी मनाउने भन्ने विषयमा कार्यक्रम सूची तयार पार्न देवीस्थान सञ्चालन समितिले एउटा सभाकाे आयाेजना गर्ने निधाे पनि गरेकाे उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement