राजगञ्ज: राजगञ्जका बीडीओ तथा भूमि राजस्व विभागका अधिकारीहरूले आज अवैध रूपमा बलुवा बोकेको तीनवटा डम्पर जफत गरेको छ। आज राजगञ्जको आमबारी हात्तीमोड राजकीय सडकको मनुयागञ्ज इलाकामा बलुवा बोकेको तीनवटा डम्पर जफत गरेको छ। प्रशासन सूत्रले दिएको जानकारी अनुसार अवैध रूपमा वाहनहरूमा बलुवा लोड गरिरहेको खबर पाएपछि उक्त इलाकामा अभियान चलाएर बलुवा बोकेको ३ वटा डम्फर जफत गरेको हो। उक्त बलुवाको उचित रोयल्टी कागजपत्र अथवा चलान नरहेको कुरा डम्फर चालकले स्वीकार गरे। तिनीहरूको आरोप अनुसार अनलाइनको माध्यमद्वारा रोयल्टीको उचित सेवा पाइरहेका छैनन्। यसबाहेक रोयल्टीको लागि लिने गरेको राशिको चलानमा लेखिएको हुँदैन। यसले गर्दा आफूहरूले समस्याको सामना गर्नुपर्छ। यदि सरकारले यसको समाधान गरिदिए नियमअनुसार काम गर्ने तिनीहरूले बताए। अर्कोतिर, राजगञ्जका बीडीओ प्रशान्त बर्मनले भने, सरकारी कानुनलाई अदेखा गर्नेहरूलाई सहन गरिने छैन। आज ३ वटा डम्पर जफत गरिएको छ। यस प्रकारको अभियान लगातार जारी रहनेछ। अनलाइनमा पर्याप्त रोयल्टी सिस्टमको व्यवस्था छ। यदि डम्पर मालिकहरूको कुनै समस्याहरू भएको खण्डमा आफूहरूलाई अवगत गराए यसबारे उच्च अधिकारीहरूसित कुराकानी गर्नेछौँ।