गान्तोक: आगामी २७ जुलाई, २०२२ को दिन सोनामती मेमोरियल सरकारी वरिष्ठ माध्यमिक विद्यालय, खाम्दोङमा अनि २८ जुलाई, २०२२ को दिन सरकारी वरिष्ठ माध्यमिक विद्यालय, साम्दोङमा उज्ज्वल भारत उज्ज्वल भविष्य, विद्युत २०४७ को कार्यक्रम आयोजन हुनेछ।
भारत सरकारको सार्वजनिक क्षेत्र उपक्रम, एनएचपीसीले गान्तोक जिल्लामा आजादीको अमृत महोत्सव अन्तर्गत उज्ज्वल भारत उज्ज्वल भविष्य, विद्युत २०४७ को आयोजन गरिरहेको छ। यस कार्यक्रमको प्रमुख उद्देश्य स्वाधीनतापछि विद्युत क्षेत्रमा देशले अर्जित गरेका उपलब्धिहरूलाई लिएर उत्सव मनाउनुका साथै वर्ष २०४७ मा भारत स्वाधीनताको १००औं वर्षगाँठको निम्ति निर्धारित गरिने लक्ष्यमाथि परिकल्पना गर्नु रहेको छ।
कार्यक्रममा क्रमशः सिक्किम सरकारको विद्युत विभागका पीसीई पीएम शर्मा, अनि तुमिन लिङ्गी निर्वाचन क्षेत्रका प्रभारी सान्डुप भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। कार्यक्रममा विद्युत क्षेत्रका उपलब्धिहरूलाई प्रदर्शित गर्नहेतु लघु भिडियो वा चलचित्रहरूको प्रदर्शनी, ब्यानर, पोस्टर तथा स्टेन्डीहरूको प्रदर्शनी, सड़क नाटक साथै सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने जानकारी पीआईबीले दिएको छ।