सिलगढी: देशभरिमै आज स्वामी विवेकानन्दको जन्म जयन्ती पालन गरिरहेको छ। यसै क्रममा सिलगढीको स्वामीजी मोडमा कार्यक्रमको माध्यमद्वारा विवेकानन्दको जन्मजयन्ती पालन गरियो। सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती लगायत अन्यले स्वामीजीको सालिगमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। विवेकानन्दको जन्म जयन्तीको उपलक्ष्यमा आज दिनभरि नै विविध कार्यक्रमको आयोजना गरिएको छ।