खोरीबारी: खोरीबारीको राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा परेर चालक तथा खलासी घाइते भएका छन्। उक्त घटना खोरीबारीको पानीट्याङ्की धाकरू मोड ३२७ नम्बर राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारी अनुसार आज दुई वटा बस अघि निस्कने होडमा सिलगढी तर्फबाट गइरहेको एउटा मसला बोकेको पिकअप भ्यान अनियन्त्रित भएर पल्टिँदा चालक र खलासी घाइते भएको बताइएको छ। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस तथा ट्राफिक पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त पिकअप भ्यान उद्धार गरेर थानामा लग्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।