सिलगढीः स्वामी विवेकानन्दको १६२औँ जन्मजयन्तीको अवसरमा श्री रामकृष्ण आश्रम, नक्सलबारीद्वारा म्याराथन आयोजना गरिएको थियो। श्री रामकृष्ण आश्रमले आज दिनभर विभिन्न कार्यक्रम आयोजना गर्ने छ । यसैबीच स्वामी जयन्तीको अवसरमा पानीघाटाको कदम मोडदेखि आश्रमसम्म म्याराथन दौडको आयोजना गरिएको छ । एसएसबी सिलगढी आईजी श्री सुधीरले पुरुष र महिला वर्गमा आयोजित म्याराथन प्रतियोगिताको उद्घाटन गरे। सिलगढी डिभिजनल काउन्सिलका अध्यक्ष अरुण घोष पनि उपस्थित थिए। म्याराथनका बिजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो । म्याराथन बाहेक रंगीन ऱ्याली पनि निकालिएको थियो । साथै चित्रकला प्रतियोगिता, आदिवासी नृत्य, सांगीतिक तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ।