सिलगढीः स्वामी विवेकानन्दको १६२ औँ जन्मजयन्ती सिलगढी सहित सम्पूर्ण राज्यमा भक्तिपूर्वक मनाइँदैछ। यसै शृङ्खलामा शुक्रबार सिलगढी नगरपालिकाको वार्ड नम्बर १५ स्वामीजी मोडमा स्वामी विवेकानन्दको जन्मजयन्ती एकताको सन्देशसहित मनाइयो। सबै जनतामा एकताको सन्देश दिन सिलगढी नगर निगमले यो कार्यक्रम आयोजना गरेको हो । यस अवसरमा सबै धर्मका धर्मगुरुहरूलाई बोलाइएको थियो, जसले स्वामीजीको जन्मजयन्तीमा एकता र भाइचाराको सन्देश दिएका थिए।
सो अवसरमा स्वामी विवेकानन्दको प्रतिमामा पुष्पहार अर्पण गरिएको थियो । सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर तथा वार्ड नम्बर १५ का काउन्सिलर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्तीलगायत विभिन्न धार्मिक नेताहरू, मेयर काउन्सिल माणिक दे, शोभा सुब्बा र धेरै अतिथि र स्थानीयहरू उपस्थित थिए। धर्मगुरुहरूले आफ्नो भाषणबाट स्वामी विवेकानन्दको जीवनीमा प्रकाश पार्दै युवाहरूलाई प्रेरित गरेका थिए। धर्मगुरुहरूले पनि एकता र भाइचाराको सन्देश दिएका थिए ।