सिलगढी नगर निगमद्वारा मनाइयो स्वामीको जन्मजयन्ती

IMG-20240112-WA0163.jpg

गरिबहरूलाई कम्बल वितरण

सिलगढी: स्वामी विवेकानन्दको जन्मजयन्ती देशभरका साथसाथै सिलगढी नगर निगमले पनि मनाएको छ। विवेकानन्दको जन्मजयन्ती सिलगढी नगरपालिकाले सहरको झंकार मोरको विवेकानन्द चोकमा मनाएको थियो। सिलगढी नगर निगमका मेयर गौतम देव, उप रञ्जन सरकार र नगर निगमका अध्यक्ष प्रतुल चक्रवर्ती, जि२० मुख्य संयोजक तथा दार्जिलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्ला र अन्यले स्वामी विवेकानन्दको प्रतिमामा माल्यार्पण गरी स्वामीजीलाई श्रद्धाञ्जली अर्पण गरे।

स्वामीजी जयन्तीको अवसरमा क्षेत्रका गरिब जनतालाई कम्बल समेत वितरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement