गान्तोक: राज्यमा अमेजन गिफ्ट कार्ड ऱ्याकेट बढ्दो रहेको विषयमा सिक्किम पुलिसले मानिसहरूलाई सतर्क गराउॅंदै आइरहेको छ। यसै बीच नाम्ची जिल्लामा एक महिलाले यस ऱ्याकेटको चपेटमा परेर डेढ़ लाखभन्दा धेरै राशि गुमाएकी छन्। यस घटनाको सन्दर्भमा पीड़ितले नाम्ची थानामा मामिला दर्ता गरेकी छन्।
पुलिस अनुसार, पीड़ित महिलालाई उनको एकजना आफन्तको नाममा व्हाट्सएप म्यासेज पठाएर १५ वटा अमेजन गिफ्ट कार्ड किन्न अनुरोध गरिएको थियो। प्रत्येक गिफ्ट कार्डको दाम १० हजार रूपियॉं थियो। उनले पनि १ लाख ५६ हजार रूपियॉंको गिफ्ट कार्ड किनेर लिंक साझा गरिन्। तर, पीड़ित महिलाले आफ्नो पैसा गुमाइसकेपछि मात्र आफु ठगीको शिकार भएको कुरा थाहा पाइन्। पुलिसले आईपीसीको धारा ४१७/४२० र आईटी एक्ट २००० को धारा ६६ (डी) अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।