सिलगढी: विश्वका साथसाथै गोन्साईपुरको फरानी जोत क्षेत्रमा रहेको विवेकानन्द क्लबले पनि स्वामी विवेकानन्दको १६२औँ जन्मजयन्ती श्रद्धापूर्वक मनाएको छ।
हरेक वर्ष झै यस वर्ष पनि क्लबका सदस्यहरु मिलेर स्वामीजीको जन्मजयन्ती उत्साहका साथ मनाएका छन्। आज स्वामी विवेकानन्दको १६२औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय झण्डा र क्लबको झण्डा फहराएर राष्ट्रिय गान बजाइएको छ। क्लबका सदस्यहरूले क्षेत्रका बालबालिकालाई स्वामीजीको जीवनीबारे विस्तृत जानकारी दिएका थिए। आजको कार्यक्रममा क्लबका अध्यक्ष पद्मनाथ सिंह, सचिव कल्याण सिंह, परेशचन्द्र राई, प्रकाश सिंह, गौतम बर्मन, हिमांशु सिंहलगायतको उपस्थिति रहेको थियो।