राजगञ्ज ब्लक युवा तृणमूलद्वारा स्वामी विवेकानन्दको जन्म जयन्ती पालन

rajh.jpg

राजगञ्ज: राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज स्वामी विवेकानन्दको १६१औँ जन्म जयन्ती पालन गरियो। राजगञ्जको आमबारी बटतला मोडमा आज युवा तृणमूलका नेतृत्वहरूले स्वामी विवेकानन्दको तस्विरमा फुलमाला चढाएर जन्म जयन्ती पालन गरे। यस अवसरमा राजगञ्ज ब्लक युवा तृणमूल अध्यक्ष तुषार कान्ति दत्तले भने, राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज ब्लक तथा अञ्चलका नेतृत्वहरूको साथमा स्वामी विवेकान्दको जन्मजयन्ती पालन गरियो। यस अवसरमा उपस्थित सबैले स्वामी विवेकानन्दको जीवनीबारे प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement