नक्सलबारीमा घरभित्रबाट झुन्डिएको अवस्थामा व्यक्तिको लास उद्धार

IMG-20230528-WA0320-5-300x172-3

नक्सलबारी: नक्सलबारीको मङ्गलसिंह जोतमा घरभित्रबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम लौधा उराव (५९) बताइएको छ। प्राप्त जानकारी अनुसार सो व्यक्ति एक्लै बस्ने गर्थे। आज बिहान स्थानीय मानिसहरूले झुन्डिरहेको अवस्थामा व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर लाश उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement