स्नूकर मास्टर्सको सेमिफाइनलमा पुगे रोनी ओ’सुलिवन

skysports-ronnie-osullivan_6418468.jpg

लन्दन: विश्वकै नम्बर वान रोनी ओ’सुलिवनले बिहिवार बेरी हकिन्सलाई ६-३ ले हराएर स्नूकर मास्टर्सको सेमिफाइनलमा पुगेका छन्।

४८ वर्षीय ओ’सुलिवन, हकिन्सभन्दा ३-२ ले पछि परेका थिए, तर २०१९ पछि पहिलोपल्ट प्रतिष्ठित निमन्त्रण कार्यक्रममा अन्तिम चार बर्थ हासिल गर्न उनले चार फ्रेम लिए।

ओ’सुलिवन आफ्नो सर्वश्रेष्ठ प्रदर्शनभन्दा निकै टाडा थिए, तर हकिन्सले निकै अवसर गुमाए।

वर्ल्ड स्नूकर टूर वेबसाइटले ओ’सुलिवनलाई उद्धृत गर्दै भनेको छ, ‘अन्तमा मैले बेरीलाई सरी भने, किनकि यो एकदमै नराम्रो थियो। यदि म राम्रो खेलेको भए उनी पनि राम्रो खेल्ने थिए र यो एउटा राम्रो खेल हुने थियो। तर, मलाई यस्तो लाग्छ यदि म नराम्रो खेले भने अर्का खेलाडी पनि नराम्रो खेल्छन्।

सातपल्टका च्याम्पियन ओ’सुलिवनको अर्को स्पर्धा शन मर्फीसॅंग हुनेछ, जसले विश्वका छैटौं नम्बरका खेलाडी ज्याक लिसोव्स्कीलाई ६-३ ले हराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement