गोरुबथान: गोरुबथान सरकारी महाविद्यालयको छात्रा स्मृति राई २०२३ -२४ को लागि बेस्ट आरआरसी एनएसएस भोलिन्टियरको रुपमा पश्चिम बंगाल एड्स प्रिभेन्सन एन्ड कन्ट्रोल सोसाइटी को तर्फबाट सम्मानित भएकी छिन्। उनी गोरुबथान सरकारी महाविद्यालयको एनएसएस युनिट-१ का एकजन कर्मठ भोलिन्टियर हुन्।स्वामी विवेकानन्दको जन्मजयन्ती जसलाई भारतवर्षमा राष्ट्रिय युवा दिवस (नेशनल युथ डे)को रुपमा पालन गर्ने गरिन्छ। यसै नेशनल युथ डेको अवसर पारेर उनलाई यो सम्मान प्रदान गरिएको हो।रेड रिबन क्लब भोलिन्टियर अफ द इयरको रुपमा छनौट भएकी स्मृतिलाई महाविद्यालयको पक्षबाट शुभकामना व्यक्त गरेको छ।