कङ्ग्रेसको भारत जोड़ो यात्रामा सिक्किमवासी पनि सामेल हुनसक्ने

IMG-20240112-WA0001.jpg

गान्तोक: आगामी १४ जनवरीदेखि पूर्वोत्तर भारतको मणिपुरबाट आरम्भ हुने कङ्ग्रेस पार्टीको दोस्रो चरणको भारत जोड़ो यात्राले सिक्किम राज्यलाई नछुने भए तापनि सिक्किम र सिक्किमवासीका लागि पनि यो यात्रा उत्तिकै महत्वपूर्ण रहेको अल इण्डिया कङ्ग्रेस कमिटीको अड़ान रहेको छ। वरिष्ट कङ्ग्रेस नेता राहुल गान्धीको नेतृत्वमा सम्पन्न हुन गइरहेको यस भारत जोड़ो न्याय यात्रामा सिक्किमवासीले प्रत्यक्ष रुपमा यात्रामा सामेल भएर तथा परोक्ष रुपमा दिइएको एउटा मोबाइल नम्बरमा मिस कल गरेर सहभागी बन्न सक्ने पार्टीकी प्रवक्ता श्रीमती मिता चक्रवर्तीको भनाइ रहेको छ।

आज नै गान्तोक आइपुगेकी श्रीमती चक्रवर्तीले भारत जोड़ो न्याय यात्राको महत्व बारे सिक्किमवासी सर्वसाधरणलाई अवगत गराउन पार्टीले आफूलाई सिक्किम पठाएको बताइन्। उनले बताएअनुसार कङ्ग्रेस पार्टीको यस दोस्रो चरणको भारत जोड़ो यात्राको उद्देश्य देशवासीलाई आर्थिक, सामाजिक र राजनीतिक न्याय दिलाउनु रहेको छ जुन अधिकारहरू उनकाअनुसार वर्तमान भाजपा सरकारमा देशवासीले गुमाउनुपरेको छ।

मणिपुरबाट आरम्भ हुने भारत जोड़ो न्याय यात्रा 66 दिनमा १५ राज्यको ११० वटा जिल्ला हुँदै २० मार्चको दिन मुम्बई पुगेर विसर्जन हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *