सिक्किमका राज्यपाल अनि देशकाे गृहमन्त्रीको शिष्टाचार भेट

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले देशकाे गृहमन्त्री अमित शाहलाई उनको दिल्लीस्थित कार्यालयमा शिष्टाचार भेट गरे। यस भेट अवधि विभिन्न विकास सम्बन्धित विषयहरूमाथि चर्चा भएको जानकारी राजभवनले विज्ञप्तिमा दिएको छ। विज्ञप्ति अनुसार, केन्द्रिय गृहमन्त्रीले केन्द्रिय योजनाहरूको कार्यान्वयनबारे सोध खोज गरे को छन्।

राज्यपालले गृहमन्त्रीलाई भेट स्वरूप गायत्री मन्त्र लिखित थाङ्गका प्रदान गरे।

राज्यपालले कारगिल विजय दिवसको अवसरमा वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पित गरेका छन्। उनले भनेका छन्, ‘देशको रक्षाका लागि आफ्नो सर्वोच्च बलिदान दिने भारत माताका वीर सपूतहरूलाई सत-सत नमन। हाम्रो सेनाको अदम्य साहस र वीर बलिदानलाई कहिल्यै भुल्न सकिने छैन।’

उल्लेखनीय छ, भारतमा प्रत्येक वर्ष २६ जुलाईको दिन कारगिल विजय दिवस मनाइन्छ। वर्ष १९९९ मा भारत र पाकिस्तानका सेनाहरूबीच युद्ध भएको थियो, जसमा भारतले विजय प्राप्त गरेको थियो। कारगिल विजय दिवस युद्धमा शहीद भएका देशका शूरवीरहरूको सम्मानमा मनाउने गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement