गान्तोक: सोरेङ जिल्लाको दुई दिने जनता भेट कार्यक्रम अन्तर्गत आज दोस्रो दिन मुख्यमन्त्री प्रेम सिंह तामाङले तीन जना लाभार्थीलाई वाहन प्रदान गरे। विशेष गरेर गरिबी रेखामुनिका यी तीन जनालाई आत्मनिर्भर बनाउने उद्देश्यले वाहन प्रदान गरिएको हो। आज पिपलेस्थित आइआरबीको मुख्यालयमा आयोजित जन भेट कार्यक्रममा दुई जनालाई युनिटिलिटी वाहन र एक जनालाई रोयल इनफिल्ड बाइक प्रदान गरे। आज वाहन प्राप्त गर्नेहरूमा लोवर माबोङ निवासी राम कुमार सार्की, लक्ष्मी प्रसाद शर्मा र बिमल प्रधान सामेल रहेका थिए। यसरी राज्य सरकारको तर्फबाट आत्मनिर्भर बनाउनको निम्ति वाहन प्राप्त गर्नेहरूले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।