एक देश एक चुनाउको प्रस्ताव स्वीकार छैन: ममता

CM-Mamta-Banerjee-4

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेस सुप्रीमो ममता ब्यानर्जीले बिहिवार भारतको संघीय ढॉंचा अनुसार एक राष्ट्र एक चुनाउको विचार व्यावहारिक रूपमा सम्भव नरहेको बताएकी छन्। उनले भनिन्, म व्यावहारिक अर्थमा यसको सराहन गर्दिन, किनकि यो सम्भव छैन, स्वीकार्य छैन र संघीय ढॉंचाको दृष्टिले सही छैन।

ब्यानर्जीले राज्य सचिवालयमा संवाददाताहरूलाई भनिन्, म ईसीआईसॅंग यसलाई एकदमै इमानदारीका साथ हेर बिचार गर्न अनुरोध गर्नेछु, उनलाई विशेष रूपमा यस विषयमा तर्कसंगत हुनु पर्नेछ। यो केवल हाम्रो आवाज होइन, तर इण्डी गठबन्धनको आवाज हो। उनले अघि भनिन्, हामीले आफ्नो राज्य नीति, केन्द्रिय नीति, राज्य संरचना, हाम्रो संघीय संरचनालाई हेर्नु पर्नेछ।

पूर्व राष्ट्रपति रामनाथ कोविन्दको अध्यक्षताको उच्च स्तरीय समितिले राजनीतिक दलहरूलाई पत्र लेखेर यस मामिलामा उनीहरूको विचार जान चाहेको थियो। समितिले दुई बैठक पनि गऱ्यो। समितिले यस मुद्दामा जनतासॅंग पनि विचार मागेको छ र राजनीति दलहरूलाई पनि पत्र लेखेर राय मागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement