कोपा इटालिया: एटलान्टासँग एसी मिलान पराजित

GDgiGoaWgAAKMEA

कोपा इटालियामा एसी मिलान पराजित भएको छ। बुधबार राति भएको क्वाटर फाइनल खेलमा एटलान्टसँग २–१ गोलको हार व्यहोरेपछि एसी मिलान प्रतियोगिताबाटै बाहिरिएको छ। पहिलो हाफको ४५औं मिनेटमा एसी मिलानले अग्रता लिएको थियो। तर उक्त अग्रता जोगाउन असफल हुँदा प्रतियोगिताबाट बाहिर भयो। ४५औं मिनेटमा राफेल लियोले थियो हर्नान्डेजको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, पहिलो हाफकै अतिरिक्त दोस्रो मिनेटमा टियुन कोपमिनरले इमिल होल्मको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।

५७औं मिनेटमा एसी मिलानका खेलाडीले फल गरेपछि भीआरएको मार्फत चेक गरेर एटलान्टाले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीलाई टियुन कोपमिनरले गोलमा परिणत गर्दै २–१ को पुनरागमन जित दिलाए। सेमिफाइनलमा अव एटलान्टाले फ्लोरेन्टिनासँग खेल्ने छ। यस्तै, अर्को क्वाटरफाइनल खेलमा लाजियोले रोमालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। माटिया जाकाग्नीले ५१औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै लाजियोलाई सेमिफाइनल पु¥याउन पर्याप्त भयो। दोस्रो हाफको अतिरिक्त समयमा लाजियो १० तथा रोमा ९ खेलाडीमा सिमित भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement