मंगन: मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्रीको अगुवाईमा बुधवार कनका नदीमाथि प्रस्तावित पुल निर्माणको कार्य तत्काल शुरू गर्नको निम्ति एक संयुक्त निरीक्षण आयोजन गरियो।
उक्त निरीक्षण नदी छेउछाउको जमिन अधिग्रहण गर्न गरिएको थियो। यस अवधि पासिङदाङका एसडीएम, राजस्व अधिकारी, स्थानीय पञ्चायत, ग्रेफ र वन विभागका प्रतिनिधिहरू उपस्थित थिए।
स्थलगत निरीक्षणको क्रममा पुल निर्माणको निम्ति ठाउॅं चिन्हित गरियो। संयुक्त निरीक्षणको समापनका साथै पासिङदाङका एसडीएमलाई जमिन अधिग्रहणको प्रक्रिया शुरू गर्न निर्देश दिइएको छ।
About Author
Post Views: 39