आगामी चुनाउलाई लिएर राजनीतिक दलका प्रतिनिधिहरूसॅंग बैठक

00-1-Rajya-Samachar

मंगन: मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्रीले आज आगामी आम चुनाउ २०२४ लाई ध्यानमा राख्दै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसॅंग आयोजित एक बैठकको अध्यक्षता गरे। बैठकमा एडीसी सोनाम तोप्गे टाशी तथा एसकेएम, भाजपा, एसडीएफ र सीएपीका प्रतिनिधिहरू उपस्थित थिए।

जिल्लापाल छेत्रीले बैठकमा ईवीएम र वीवीपीएटीको बारेमा जन चेतना फैलाउन गरिएका प्रयासहरू र स्ट्रङ रूमको कडा निगरानीको बारेमा जानकारी गराए। उनले मोबाइल भ्यानको माध्यमद्वारा ईवीएमको बारेमा जन चेतना फैलाउने प्रयास चलिरहेको पनि अवगत गराए।

यस अतिरिक्त जिल्लापालले प्रत्येक महकुमा कार्यालय र डीएसीमा ईवीएम केन्द्रहरूको स्थापना गरिएको बताए। उनले चुनाउ प्रक्रियाको बारेमा जन चेतना फैलाउन राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई पनि सूचना प्रचार प्रसारमा सहयोग गर्न आह्वान गरे। उनले चुनाउलाई लिएर नयॉं दिशानिर्देशको बारेमा पनि जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement