राज्यको सातवटा बजारहरूलाई स्वच्छताको क्षेत्रमा पुरस्कार प्रदान

n573416300170498971831085b3af2a9e53e127cbfe3229e5985e4b8ff32720af2c4a4a7fdabf9ff0584a5f.jpg

गान्तोक: देशको राधानीस्थित भारत मण्डलममा आवास एवम् शहरी मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सिक्किम राज्यका गान्तोक नगर निगम (जीएमसी) र मंगन नगर पञ्चायतलाई स्वच्छ शहरको पुरस्कार प्राप्त भएको छ।

वर्ष २०२३ मा गरिएको स्वच्छ सर्वेक्षणमा सिक्किमका उक्त दुई शहरलाई देशकै सबैभन्दा स्वच्छ शहर पुरस्कार प्रदान गरिएको हो।

उक्त कार्यक्रममा देशकी राष्ट्रपति द्रोपदी मूर्मुको वाहुलीबाट पुरस्कार प्रदान गरिएको हो भने उनीसँग केन्द्रिय आवास एवम शहरी मामिला मन्त्री हरदीप सिंह पुरीको पनि उपस्थिति रहेको थियो। स्वच्छ सर्वेक्षण प्रत्येक वर्ष आवास एवम् शहरी मामिला मन्त्रालयद्वारा एक स्वतन्त्र तेस्रो-पक्ष एजेन्सी मार्फत सञ्चालन गरिएको एक सरसफाई सर्वेक्षण हो, जसको आधारमा विभिन्न शहरी स्थानीय निकायहरूलाई श्रेणीबद्ध गरिन्छ।

प्रत्येक वर्ष शहरहरूको दृश्य सरसफाइमा मात्र नभई फोहोर प्रशोधन क्षमतामा पनि जोड दिइन्छ र सरसफाई गर्न सार्वजनिक र स्व-सहायता समूहहरूको संलग्नतामा पनि जोड दिइन्छ। स्वच्छ सर्वेक्षण २०२३ को विषयवस्तु धनको बर्बादी थियो। सर्वेक्षणको आठौं संस्करण रहेको स्वच्छ सर्वेक्षण २०२३ अन्तर्गत देशभरका ४ हजार ४ सय १६ शहरी स्थानीय निकायको मूल्याङ्कन गरिएको थियो।

सिक्किममा, सर्वेक्षण गत वर्षको अगस्त महिनामा राज्यको सातवटा बजारहरूको सर्वेक्षण गरिएको थियो। उक्त पुरस्कार शहरी विकास विभागका सचिव एमटी शेर्पा, मेयर निल बहादुर छेत्री लगायत अन्य अधिकारीहरूले ग्रहण गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *