विश्वकै धनी ब्रुनाईका सुल्तानकोछोराको बिहे साधारण युवतीसित हुँदै

Brunei-Prince-Abdul-Mateen

विश्वको सबैभन्दा लामो समय शासन गर्ने ब्रुनाईका सुल्तानको छोराको बिहे एक जना साधारण युवतीसँग हुनेभएको छ। ब्रुनाईका सुल्तान हसनल बोल्कियाहका छोराले विवाह गर्न लागेका छन्। सुल्तान हसनल बोल्कियाह ५५ वर्षभन्दा बढी समयदेखि ब्रुनाईको राजा छन्। सुल्तान हसनलका छोरा राजकुमार अब्दुल मतिनले बिहीबार ब्रुनाईमा आफ्नी मंगेतरसँग विवाह गर्दैछन्। ३२ वर्षीय राजकुमार अब्दुल मतिन र २९ वर्षीया याङ मुलिया अनिशा रोसनहको विवाह राजधानी बन्दर सेरी बेगवानको सुनको गुम्बज भएको मस्जिदमा हुनेभएको छ। यो विवाह इस्लामिक रितिरिवाजअनुसार हुनेछ। यस अवसरमा ब्रुनाईमा १० दिने भव्य महोत्सव आयोजना गरिएको छ।

राजकुमार मतीन विश्वको सबैभन्दा लामो समय शासन गर्ने राजा, र एक पटक विश्वको सबैभन्दा धनी व्यक्ति सुल्तान हसनल बोल्कियाहका १०औं छोरा हुन्। यही कारणले गर्दा उनी ब्रुनाईको सुल्तान बन्ने क्रममा निकै तल पर्छन्। कुनै दिन उनी सुल्तान बनेर सिंहासनमा बस्नसक्ने सम्भावना छ। यसैबीच, राजकुमार प्रिन्स मतीनको भावी मंगेतर फेसन र पर्यटन व्यवसायको स्वामित्वमा रहेको बताइएको छ। मंगेतर याङ मुलिया अनिशा रोसानाका हजुरबुवा राजकुमार मतिनका बाबू ब्रुनाईका सुल्तानका महत्वपूर्ण सल्लाहकार थिए। १ हजार ७८८ कोठा भएको दरबारमा शाही विवाह भव्य समारोहका रूपमा मनाइँदैछ। यति मात्र होइन, विवाहपछि आइतबार ठुलो जुलुस निकालिनेछ। यो शाही विवाहमा भारत तथा विदेशका शाही पाहुना तथा वरिष्ठ राजनीतिज्ञहरु सहभागी हुने विश्वास गरिएको छ। आइतबार जब शाही दम्पती आफ्नो कारमा जान्छ, त्यहाँ दर्शकहरूको लाइन हुनेछ। धेरै ब्रुनियालीहरूले आइतबारको शाही जुलुसको लागि सडकमा लाइन लगाउने आफ्नो मन बनाइसकेका छन्।

मतीन आफ्नो देशमा हेलिकप्टर पाइलट हुन् र मिडियामा प्रायः उनलाई इंग्ल्याण्डका राजकुमार ह्यारीसँग तुलना गरिन्छ र उनलाई पहिले ‘हट रोयल’ भनिन्थ्यो। सामाजिक सञ्जालमा उनको ठूलो फ्यान फलोइङ छ र उनी आफ्नो लुक्सका कारण निकै चर्चित भएका छन्। राजकुमार मतीनले इंग्ल्याण्डको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टमा अफिसर क्याडेटको रूपमा स्नातक गरे, र २०१९ दक्षिणपूर्वी एसियाली खेलकुदमा पोलोमा आफ्नो देशको प्रतिनिधित्व गरे। तर, पछिल्ला केही वर्षमा उनले अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण भूमिका खेलेका छन्। राजकुमार मतीन आफ्ना बाबुसँगै गत वर्ष मेमा राजा चार्ल्स र रानी क्यामिलाको राज्याभिषेक र २०२२ मा महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी भएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *