ईडी अधिकारीहरूमाथि आक्रमण मामिलामा भाजपाको जनहित याचिका खारेज

00-1-Rajya-Samachar

कोलकाताः कलकत्ता हाईकोर्टको एउटा खण्डपीठले पॉंच जनवरीको दिन सन्देशखालीमा स्थानीय तृणमूल कांग्रेस नेताको आवासमा ईडी र सीएपीएफ अधिकारीहरूमाथि भएको हमलालाई लिएर भाजपाको पश्चिम बंगाल एकाईद्वारा दर्ता गरिएको जनहित याचिकालाई बिहिवार खारेज गरिदिएको छ।

याचिका खारेज गर्दै मुख्य न्यायाधीश टीएस शिवगणनम र न्यायमूर्ति सुप्रतिम भट्टाचार्यको खण्डपीठले भन्यो, जनहित याचिका केवल मिडिया रिपोर्टको आधारमा दर्ता गरिएको थियो। जनहित याचिकामा घटनामाथि ब्याकग्राउण्डको अभाव थियो, इस कारण यो स्वीकार्य थिएन।

खण्डपीठले भनेको छ, केन्द्रिय सुरक्षा र जॉंच एजेन्सीहरूसॅंग यस प्रकारको घटनाहरूको सामना गर्न पर्याप्त अधिकार र जानकारी छ। जनहित याचिका आठ जनवरीमा दर्ता गरिएको थियो। मामिलाको सुनवाई बिहिवार भयो, जहॉं डिविजन बेन्चले यसलाई खारेज गरिदियो।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *