एसकेएमले सत्ता बचाउन भाजपालाई सीट बेचेको हो: गोपाल छेत्री

n573399068170498621411666347ba0efc4263a11fdc2ce8e14c23fb89c7fe911bd8d111a31965882680c0f.jpg

गान्तोक: सिक्किम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष गोपाल छेत्रीले सत्तारुढ एसकेएम पार्टीले सीट बेचेर सरकार चलाइरहेको आरोप लगाएका छन्। एसकेएम पार्टीले आफ्नो सरकार बचाउनका लागि घरी घरी भाजपालाई सीट बेचेको उनको आरोप छ।

सिक्किम विधानसभामा १९ सीट हुँदा हुॅंदै र राज्यसभा चुनाउ जित्न बहुमत हुँदा पनि भाजपालाई राज्यसभा चुनाउमा समर्थन दिनु एसकेएमको सरकार बचाउने वाध्यता रहेको छेत्रीले बताए।

बिहिवार गान्तोकमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै सिक्किम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष गोपाल छेत्रीले सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा र भारतीय जनता पार्टी एकै सिक्काका दुई पाटा भएको बताए। गत वर्ष पारित भएको वित्त विधेयक दुवै सरकारको संयुक्त षड्यन्त्र भएको आरोप लगाउँदै भाजपा र एसकेएमको मिलेमतोमा धारा ३७१ एफ अन्तर्गत राज्यलाई दिइएको संवैधानिक संरक्षणको अवमूल्यन भएको दावी गरे।

उनले भने, सिक्किम विधानसभामा १९ सिटको बहुमत भए पनि भाजपाको राज्यसभा उम्मेदवारलाई समर्थन गर्नु भनेको सरकार जोगाउन मात्र हो। एसकेएम पार्टी राज्यमा सीबीआई ल्याउने वाचासहित सत्तामा आएको थियो। अहिले भाजपा र एसकेएम एकअर्काका सहयोगी बनेका छन्, त्यसैले केही काम हुन सकेको छैन। यदि यी दुई फेरि सरकारमा आए भने सिक्किमलाई धोका हुन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *