जिल्लापालले गरे विकसित भारत संकल्प यात्राबारे बैठक

IMG-20240111-WA0178.jpg

मंगन: मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको नेतृत्वमा जिल्ला प्रशासनिक केन्द्रको चुनावी प्रेक्षागृहमा एक सभा सम्पन्न भयो। उक्त सभामा अतिरिक्त जिल्लापाल सोनम तोप्गे टाशी, अतिरिक्त जिल्लापाल (विकास) केआर लिम्बू, खण्ड विकास अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

विशेष गरेर सभामा विकसित भारत संकल्प यात्राबारे छलफल गरियो।

विकास भारत संकल्प यात्राका लक्ष्यबारे जिलालापाल छेत्रीले प्रधानमन्त्रीको रेकर्ड गरिएको सन्देश, प्रतिज्ञा भिडियोहरू, किसान अन्तरक्रियाहरू, सांस्कृतिक प्रदर्शनहरू, स्थानमा सेवाहरू, र अभिनन्दन सहित आउटरिच गतिविधिहरूको रूपरेखाबारे अवगत गराए। विभागका प्रमुखहरूलाई तोकिएको समयमा नै काम शुरू गरिनुपर्ने आग्रह गर्दै जिल्लास्तरीय समिति गठनको घोषणा गरे।

About Author

Advertisement