सोरेङ: जुम सालघारी समष्टिमा हिजोदेखि शुरु भएको जन भेट कार्यक्रमको आज दोस्रो दिन पनि अतिनै ऊर्जाको साथ मुख्यमन्त्रीले स्थानीयहरूसँग भेट गरे। आज मुख्यमन्त्री तामाङले बिहान १० बजीदेखि स्थानीय जनतासँग साक्षात्कार बन्दै उनीहरूको गुनासो साथै समस्या पनि सुने।
जन भेट कार्यक्रम अवधि मुख्यमन्त्री तामाङको साथमा क्षेत्र विधायक सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सोरेङ जिल्लाका जिल्लापाल साथै विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो।

उनले आज क्षेत्रवासी अर्जी, निवेदन अनि अन्य गुनासोपत्रहरु ग्रहण गर्दै तिनीहरूको माग अनि समस्याहरूलाई शीघ्र समाधान गर्ने आश्वासन दिए।। आज उनले धेरै जना विद्यार्थीहरुलाई अध्यनको निम्ति आर्थिक सहयोग गरे। यसको साथै मुख्यमन्त्री कार्यालयको चिकित्सा प्रकोष्ठले रोगीहरूलाई उपचारको निम्ति सहयोग प्रदान गऱ्यो।