कोलकाताः तृणमूलको अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीले बुधवार कलकत्ता उच्च न्यायालयका न्यायाधीश अभिजीत गांगुली विरूद्ध सुप्रिम कोर्टको दैलो ढकढकाएका छन्। कोर्टमा सुनवाईमा उनको टिप्पणीलाई लिएर अभिषेकले आपत्ति व्यक्त गरेका छन्, जसमा अब जस्टिस गांगुलीले महत्वपूर्ण बयान दिएका छन्।
उनले भऩे, केही मानिसहरू मेरो कारण भारी समस्यामा छन्। ईश्वरचन्द्र विद्यासागरको उल्लेख गर्दै उनले भने, धेरै प्रसिद्ध मानिसहरू, जसले काम गर्ने प्रयास गरेका छन्, उनीहरूलाई सदैव तल झार्ने प्रयास गरिएको छ। उनी विरूद्ध खूबै दुष्प्रचार गरियो। यहाँसम्म कि विद्यासागर स्वयं पनि विधवा विवाहको प्रथामा शारीरिक शोषणको शिकार भएका थिए। न्यायाधीशले भने, कसैले पनि मामिला दर्ता गराउनसक्छ। कुनैपनि अनुरोध गर्न मिल्छ। मेरो काम र भाषणले एक वर्ग धेरै खतरामा छ जस्तो लाग्छ। उनले सोधे, के तपाईले पहिले यति चोरी देखेका छन् ? के तपाईले नौकरीको बिक्री देखेका छऩ् ? उल्लेख्य, अभिषेकले बुधवार जस्टिस गांगुली विरूद्ध सुप्रिम कोर्टको दैलो ढकढकाएका छन्। आवेदनमा उनले भने, न्यायाधीशले लम्बित मामिलामा कोर्ट बाहिर टिप्पणी गरे।
-हिस