साग अवार्ड मनोनयनमा ओपेनहाइमरको दबदबा

Sag-Award

लसएन्जल्स: स्क्रिन एक्टर्स गिल्ड (साग) अवार्डको मनोनयन सार्वजनिक भएको छ। सार्वजनिक मनोनयनमा फिल्म ‘ओपेनहाइमर’ सर्वाधिक चार विधाको मनोनयनमा परेको छ। केही दिन अघि सम्पन्न ‘गोल्डेन ग्लोब अवार्ड’मा सर्वाधिक पाँच विधामा अवार्ड जितेको ‘ओपेनहाइमर’ले ‘साग अवार्ड’मा चार विधामा स्थान सुरक्षित गरेको हो। सार्वजनिक मनोनयन अनुसार क्रिस्टोफर नोलान निर्देशित यो फिल्मका लागि सिलियन मर्फे ‘बेस्ट एक्टर’, रोबर्ट डोने जुनियर ‘बेस्ट सपोर्टिङ एक्टर’, इमिली ब्लन्ट ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ र ‘आउटस्टाण्डिङ परफर्मेन्स बाइ ए कास्ट’ विधामा मनोनित भएका छन्। अवार्डमा ‘अमेरिकन फिक्सन’, ‘बार्बी’ र ‘किलर्स अफ द फ्लावर मुन’ समान तीन विधाको मनोनयनमा परेका छन्। यो अवार्डमा अभिनेता लियोनार्दो डिकाप्रियो ‘बेस्ट एक्टर’ विधामा परेका छैनन्। विजेता छनोट गर्न साग–अफ्ट्राका १ लाख १९ हजार अभिनेताहरुले मतदान गर्नेछन्। अवार्डको टेलिभिजन विधामा ‘सक्सेन’, ‘बिफ’, ‘द क्राउन’, ‘टेड लासो’ र ‘द बियर’ मनोनयनमा परेका छन्। अवार्डको ‘बेस्ट एक्टर’ विधामा ‘ओपेनहाइमर’का सिलियन मर्फेसँगै ‘मेस्ट्रो’बाट ब्राडली कुपर, ‘रस्टिन’बाट कोलमेन डोमिङ्गो, ‘द होल्डओभर्स’बाट पल जियामती र ‘अमेरिकन फिक्सन’बाट जेफ्ररी रिट मनोनयनमा छन्। ‘बेस्ट एक्ट्रेस’तर्फ ‘न्याड’का लागि एनिटी बेनिङ, ‘किलर्स अफ द फ्लावर मुन’का लागि लिली ग्लाडस्टोन, ‘मेस्ट्रो’का लागि केरी मुलिगन, ‘बार्बी’का लागि मार्गोट रोबी र ‘पुअर थिङ्स’का लागि एमी स्टोन मनोनित भएका छन्। ‘साग अवार्ड’ले यसै महिनाको अन्त्यमा हुने ‘ओस्कार अवार्ड’मा कुन कलाकार मनोनयनमा पर्न सक्छन् भन्ने कुराको संकेत गर्दछ। यस वर्षको ओस्कार अवार्ड १० मार्चमा हुँदैछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *